तीजको दिन पनि हलहरुमा हाउसफुल ‘रामकहानी’



२८ भदौ २०७५, काठमाडौँ

भदौ २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र रामकहानी देशका हलहरुमा भव्यताका साथ प्रदर्शन भैरहेको छ । प्रदर्शनमा आउनु अगावै निकै चर्चा बटुलीरहेको चलचित्र रामकहानीको व्यापार दिन प्रतिदिन बढ्दै गएको छ ।

चलचित्र रामकहानी हेर्न हिजो तीजको दिन देशका प्रत्येक हलहरुमा दर्शकको भीड नै लागेको थियो । दर्शकहरुले तीजलाई रमाईलो बनाउन रामकहानी हेर्न हलहरुमा पुगेका थिए । चलचित्रको कमेडि पक्षहरुलाई दर्शकले निकै रुचाएका छन् । सबैबाट चलचित्रको प्रतिक्रिया उत्कृष्ट आईरहेको छ । चलचित्रमा नायिका पूजा शर्माको कामको सबैले मुक्तकण्ठले प्रशंशा गरेका छन् । चलचित्रको व्यापार बढीरहेको बेला चलचित्र नेपालमा मात्र नभएर अन्य देशहरुमा पनि चलाईने निर्देशक सुदर्शन थापाले बताएका छन् । यसरी अन्य देशहरुमा पनि रामकहानी चल्ने हुँदा चलचित्रको व्यापार निकै राम्रो हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्