आफू प्रदिपको फ्यान भएको तर प्रदिपसँग प्रेम सम्बन्ध भने कहिले पनि नरहेको जसिताको धारणा



२६ भदौ २०७५, काठमाडौँ

नायक प्रदिप खड्का नेपालका निकै डिमाण्डेड र सफल अभिनेता हुन् । प्रेमगीत बाट सर्वाधिक चर्चा पाएका यी नायकले आफ्ना हरेक चलचित्रमा नयाँ नायिकाहरुसँग काम गरेका छन् । सबै चलचित्रहरुमा उनको नयाँ नायिकाहरुसँगको जोडि राम्रो मानियो तर तीमध्ये अत्याधिक चर्चा पायो लिलिबिली जोडिले । नायिका जसिता गुरुङसँग लिलिबिली मा प्रदिपको जोडि बाधिएको थियो । नेपालमा कमैमात्र पर्दाका जोडि छन् जसलाई दर्शकहरुले अत्याधिक रुचाईदिएका छन् र बारम्बार पर्दामा हेरिरहन चाहन्छन्  । त्यसमध्येको सर्वाधिक रुचाइएको जोडि हो नायक प्रदिप र नायिका जसिताको ।

लिलिबिली प्रदर्शन लगत्तै लण्डन उडेकी जसिता केहिदिन अगाडि मात्र नेपाल आएकी हुन् । उनी फेरि एकपटक प्रदिप खड्कासँग नै चलचित्रमा जोडिको रुपमा देखिँदै छिन् । प्रदिप खड्का र जसिता गुरुङ स्टारर चलचित्र लब स्टेशन असोजबाट फ्लोरमा जाने पक्का भएको छ । नायिका जसिता हाल यसैको वर्कशपमा व्यस्त छिन् । प्रदिप र जसिताको प्रेमको चर्चा पहिले पनि निकै चलेको थियो । तर प्रदिपले यो कुरा कति पनि सत्य नभएको बताएका थिए ।

हाल एक अन्तर्वातामा पनि जसितालाई पनि प्रदिपसँग प्रेम सम्बन्ध रहेको हो भन्ने प्रश्नमा उनले आफू प्रदिपको ठूलो फ्यान रहेको तर प्रेम सम्बन्ध भने नरहेको बताइन् । उनले प्रदिप र उनीबीच एउटा राम्रो साथीको सम्बन्ध रहेको तर कहिले पनि प्रेम सम्बन्ध भने नरहेको स्पष्ट पारिन् । उनीहरु एकअर्काको जोडिलाई पर्दामा दर्शकहरुले मन पराईदिनु भएकोमा अत्यन्तै खुसी रहेको बताउँछन् तर रियल लाइफम भने एकअर्काको प्रेमी प्रेमीका बन्ने सम्भावना नरहेको बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्