बहुप्रतिक्षित चलचित्र इन्टु मिन्टु लण्डनमा को नयाँ गीत सार्वजनिक



२० भदौ २०७५, काठमाडौँ

चलचित्र इन्टु मिन्टु लण्डनमा अहिलेको निकै प्रतिक्षित चलचित्र हो । नेपालकी अत्यन्तै चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र युवा जनरमा निकै फेमस अभिनेता धिरज मगर स्टारर चलचित्र इन्टु मिन्टु लण्डनमा को जुरायो जुरायो बोलको गीत सार्वजनिक भएको छ ।

साम्राज्ञी र सारुकलाई फिचरिङ गराईएको गीतमा राजेश पायल राई र मेलिना राईको आवाज रहेको छ । गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ । निकै रमाईलो शैलीको यो गीतमा साम्राज्ञी र सारुकले निकै राम्रो डान्स गरेका छन् । यसअघि रिलिज गरिएको दुई गीत  ट्रेलरले दर्शकको मन जितिरहेको बेलामा यो गीतले दर्शकलाई चलचित्रप्रति अझ धेरै उत्साहित बनाईदिएको छ । चलचित्र इन्टु मिन्टु लण्डनमा लाई नृत्य निर्देशक रेनशा राईले निर्देशन गरेकी हुन् । चलचित्र असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्