राष्ट्रपति विद्या भण्डारीले गरिन् जितुलाई ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित



२० भदौ २०७५, काठमाडौँ

जितु नेपाल चलचित्र क्षेत्रमा अपरिचित नाम होइन । जिरे खुर्सानीमा मुन्द्रेको भूमिका निभाएपछि उनलाई धेरैले चिन्न थालेका हुन् । उनले विभिन्न सफल चलचित्रहरुमा हास्यँ कलाकारको रुपमा अभिनय गरेका छन् ।

यिनै जितु नेपाल हालैमात्र ‘प्रवल जन सेवा श्री’ सम्मानित भएका छन् । उनले नेपाली कला क्षेत्रमा पुर्याएको योगदानलाई शिरोपर गर्दै नेपाल सरकारले राष्ट्रपति शितल निवासमा सम्मान गरेको छ । उनलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गरेकी हुन् । उक्त कार्यक्रमा निकै मानिसहरु उपस्थित भएका थिए । राष्ट्रबाट पहिलो पटक यति ठूलो सम्मान पाएकोमा जितु खुसी र भावुक पनि देखिन्थे । उक्त कार्यक्रममा नेपालको राष्ट्रपतिको हातबाट सम्मानित हुन पाउँदा आफूले आफूलाई निकै भाग्यमानी सम्झिएको छु भन्दै जितुले आफ्नो खुसी प्रकट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्