उकुसा बनिन् अनमोलकी नयाँ नायिका : ब्याचलर बन्टिमा सँगै देखिँदै



२० भदौ २०७५, काठमाडौँ

अनमोल के.सी नेपालका निकै चर्चित र महंगा अभिनेता हुन् । चलचित्र होस्टेलबाट नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेका अनमोलले जेरी, ड्रिम र कृ जस्ता सफल चलचित्रमा काम गरिसकेका हुन् । अनमोल युवतीहरुको ढुकढुकी भनेर पनि चिनिने गर्छन् । अनमोल छोटो समयमै निकै क्रेज पाउन सफल अभिनेता हुन् । उनी विभिन्न अवार्डहरुबाट पनि सम्मानित भैसकेका छन् ।

अनमोल के.सीलाई नेपालका मेघास्टार पनि भनिन्छ । उनले हरेक चलचित्रमा नयाँ नायिकाहरुसँग चलचित्रमा काम गर्ने गरेका छन् । होस्टेल देखि कृ सम्म आईपुग्दा उनले हरेक पटक नयाँ नायिकासँग रोमान्स गरेका छन् । उनका केहि चलचित्रहरु रिलिज हुने क्रममा छन् भने केहि छायांकनमा जाने क्रममा छन् । अनमोलको नयाँ चलचित्र ब्याचलर बन्टिमा पनि उनी नयाँ नायिकासँग देखिने भएका छन् । विभिन्न मोडलिङ शो की विजेता उकुसा गिरी अनमोलकी नायिकाको रुपमा फइनल भएकी छिन् । निकै राम्री र राम्रो पर्सन्यालिटि भएकी उकुसालाई चलचित्रका निर्माता र निर्देशकले चलचित्रको लागि फाइनल गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्