यी हुन दुनियाँकै एकमात्र बलवान व्यक्ति, काँधमा हेलिकप्टर बोकेर कीर्तिमानी रेकर्ड (भिडियो सहित)



दुनियाँ चकित पार्ने यि मान्छे कति सम्म बलवान हुन्छ मानिस जसले हेलिकप्टरलाई काँधमा बोकेर सारा दुनियाँलाई अचम्ममा पारेका छन् ।

यति सजिलै त मान्छेलाई आफनो तौलभन्दा बढि केहि उचाल्न पनि गारो हुन्छ तर यी मानिसले काँधमै हेलिकप्टर बोकेका छन् । यी व्यक्ति फ्रान्ज मुलेनर विश्वका सबैभन्दा बलवान मानिस हुन् । अष्ट्रियाका नागरिक फ्रान्जले आफ्नो काँधले हेलिकप्टर बोकेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

उनको यो कीर्तिमानलाई चुनौती दिने हिम्मत अहिलेसम्म कसैले पनि गर्न सकेको छैन । समाचार अनुसार फ्रान्जले आफ्नो जिउको वजन भन्दा डेढ गुणा धेरै भार आफ्नो काँधले उठाइदिन सक्दछन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए । उनले ३० सेकेण्डसम्म आफ्नो काँधले हेलिकप्टर उठाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्