ओ सानी भन्दै रानीलाई फकाउँदै सुजन



१७ भदौ २०७५, काठमाडौँ

भारतीय चर्चित डान्स रियालिटि शो डान्स इन्डिया डान्समा गएर चर्चा कमाउन सफल प्रतियोगी सुजन मार्पालाई फिचरिङ गराईएको ओ सानी बोलको गीत सार्वजनिक भएको छ ।

प्रदिप पाण्डेको शब्द संगीत रहेको गीतमा प्रदिप पाण्डे र मेलिना राईको आवाज रहेको छ । गीतमा सुजनका साथ रानी श्रेष्ठ, ओसन बास्तोलालाई पनि देख्न सकिन्छ । गीतलाई सुजन आफैले कोरियोग्राफी गरेका हुन् । डान्सिङ शैलीमा रहेको गीत ओ सानीलाई सुजन मार्पाको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्