सवारी चालक कमलाको संघर्ष : ग्यारेजदेखि युएनडीपीको जागिरेसम्म



३१ असार २०७५, काठमाडौं

नेपाली समाजमा चार प्राङ्ग्रे सवारी चलाउने महिलाको संख्या कमै छ । पछिल्लो समय तीन प्राङ्ग्रे टेम्पोमा भने पुरुषभन्दा महिलाको वर्चश्व छ भन्दा फरक नपर्ला ।

संखुवासभामा जन्मिएकी कमला तामाङले मादी रामवेनी माद्यामिक विद्यालयबाट एसएलसी उतीर्ण गरिन् । तत्पश्चात विंं.स.२०५३ सालमा अध्ययनका लागि काठमाण्डौ प्रवेश गरिन् ।

काठमाण्डौमा अध्ययन गर्नका लागि काम खोज्नुपर्ने बाध्यता थियो । उनलाई सिपमूलक तालिम लिएपछि मात्र राम्रो काम पाइन्छ भन्ने ज्ञान भयो । त्यसपछि उनले केही समय सिपमूलक तालिम लिइन् ।

त्यसपछि उनी विभिन्न किसिमको तालिम प्रदान गर्ने संस्था इसियूपीमा कामका लागि आवेदन दिइन् । संयोग कस्तो रह्यो भने मादी रामवेनी माद्यामिक विद्यालय उनलाई अध्यापन गराउने शिक्षिका सिता दाहाल  इसियूपीको निर्देशक रहेछिन्, कमलाले त्यहाँ २०५४ बाट  जागिरे जीवनको सुरुवात गरिन् ।

पैसा नभएर भोकै बस्नुपरेको अनुभव बटुलेकी कमलाले काठमाण्डौ झरेको सुरुवाती दिनमा खानका लागि निकै संघर्ष गर्नुपर्याे ।

उनी भन्छिन् ‘मैले खानका लागि गर्नुपरेको संघर्ष सुनाउन गाह्रो छ, बाँच्नकै लागि गर्नुपरेको परिश्रमले मेरो अध्ययन पनि धकेलियो । तथापी उनले बिए उर्तीण गरेको छु ।’

सुरुवातमा उनको मासिक २२०० रुपैया कमाउथिन् । जतिबेला मैतीदेवीमा रहेको कोठाको भाडा १००० रुपैया तिर्नुपर्दथ्यो । त्यति तलवले मासिक खर्च चलाएर कोठाभाडा तिर्न हम्मे पथ्र्यो ।

इसियूपीले विभिन्न किसिमको तालिम प्रदान गर्दथ्यो । उनलाई सिता दाहालले ड्राइभिङ सिक्न सुझाव दिइन् । उनी भन्छिन् , ‘उहाँले मेरो ज्यान देखेर  र नौलो काम भएकाले गर्नको लागि अनुरोध गर्नुभयो र मैले ड्राइभिङ सिक्न थालेँ ।’

जतिबेला महिलाहरुले सवारी चलाएको देखेकी थिइनन् कमलाले । नौलो काम भएकाले उनलाई अरु सोच्न मन लागेन र सुरु भयो जिन्दगीको नयाँ अध्याय । सुरुवातमा त बाहिरबाट देख्दा डर लागे पनि चलाउन थालेपछि भने उनलाई मज्जा आयो । उनले कार चलाउने सिकिन् ।

उनी भन्छिन्, ‘महिलाले सवारी चलाएको भन्दै अचम्म मान्थे, मोटरसाइकल चालक रोकेर हेर्थे,  जिस्क्याउँथे, सिकाउन जाँदा पनि नकारात्मक नजर लगाउने मानिसको कमी थिएन् । तर ती कुराको वेवास्ता गरियो ।’

उनी सम्झिन्छिन्,‘करिव २,३ महिना बिहान र बेलुकी गरी ड्राइभिङ सिकेँ र दिउसो कार्यालयको काम गर्न गर्थे, लगत्तै मेरो लाइसेन्स पनि निस्कियो ।’ लाइसेन्स भएपछि उनले ड्राइभिङ सेन्टरमा नै सिकाउन थालिन् र त्यहाँ एक वर्ष ड्राइभिङ सिकाइन् ।

तत्पश्चात उनी मैतीदेवी वर्कशपमा काम गर्न थालिन् । जहाँ विदेश जानका लागि काठमाण्डौ आएका गाउँका एक दाजु पनि काम गर्दथे ।वर्कशपमा काम गर्दागर्दै उनले आफ्नै नेपाल महिला ड्राइभिङ सेन्टर खोलिन् ।

जतिबेला दर्ता ड्राइभिङ सेन्टर गर्न नपर्ने भएकाले  वर्कशप मालिकले पुरानो भएका कारण नचलाइराखेको कारलाई बनाएर मासिक  ३५०० भाडामा तिर्नेगरी सिकाउन थालिन् । सुरुवातमा पुरुष सिक्न आएपनि महिलाले सिकाउने रहेछ भन्ने थाहा पाएपछि भने महिलाहरु पनि ड्राइभिङ सिक्न आउन थाले ।

सेन्टरबाट बाहिर निस्किँदा उनी धेरै पटक प्रहरीको फन्दामा परिन् । महिलासँग लाइसेन्स हुँदैन भन्ने प्रहरीको मानशिक्ताका कारण पक्राउ जस्तो लाग्छ उनलाई  ।

उनले एक पटक पक्राउ पर्दाको अनुभव सुनाउँदै भनिन्, ‘म वानेश्वरमा  ड्राइभिङ गर्दै गर्दा पक्राउ परेँ । मलाई गौशाला लगियो । त्यतिबेला प्रहरी भनेपछि निकै डर लाग्थ्यो, मलाई लाग्यो अव यहाँ आएपछि त बाहिर निस्किन पाइदैन , मलाई कता पुर्याउछन्, अव कसैले पनि भेट्दैन होला ।

उनीहरुले मलाई ५०० तिर्नुपर्छ भने मैले आफूसँग २२ रुपैँया छ भनेपछी साथी कोही छ की भनेर सोधे । एक प्रहरीकी श्रीमती मेरो साथी काम गर्ने छाउनी हस्पिटलमा काम गर्दि रहेछिन् त्यति भएपछि भने अलिक सहज भयो । निकैबेरको तनावपछि उनीहरुले मेरो लाइसेन्स छ भन्ने जानकारी पाए र पहिल्यै भनेको भए यस्तो हुँदैनथ्यो ,राम्रोसँग चलाउनु भन्दै छाडिदिए ।’

महिला भएर सवारी चलाएको भन्दै जिस्काउने मानिसको कमी हुँदैनथ्यो, महिला भएर यस्तो के गरेको भन्ने पनि नसुनेकी होइनन् कमलाले त्यसलाई उनले वास्ता नै गरिनन् र आफ्नो काममा निरन्तर लागिरहिन् ।

ट्राफिकले दिएको दुखबाट आजित भएकी कमलालाई मिस्त्रीले पनि हैरान बनाउँथे । ब्रिगिएको कार आफूले बनाउन नजान्दा मिस्त्री कुर्दाकुर्दै राती एघार बजे घर फर्कनुपरेको अनुभव संगालेकी छिन् कमलाले ।

उनले ड्राइभिङका लागि युएनडिपीमा आवेदन दिइन् र सन् २००४ बाट मासिक १३ हजार तलव पाउने भइन्  । जागिरे भएपछि विहानको समय सदुपयोग गर्दै उनले ग्यालासियर इन्टरनेशनल कलेजबाट प्ल सटु उतीर्ण गरिन् ।

९ वर्षसम्म ड्राइभिङ सेन्टर चलाएकी कमलाले त्यो बीचमा अन्य दुइवटा गाडी भाडामा लिएर एक महिला र एक पुरुषलाई समेत रोजगारी दिइन् ।  ड्राइभिङ सेन्टर बाहेक पनि एक दुई ओटा प्रोजेक्टमा केही समय ड्राइभिङ सिकाउने गर्थिन् ।

कमलालाई नीलो नम्बर प्लेट भएको गाडीलाई ट्राफिकले चेक जाँच नगरेको देख्दा  यस्तो गाडी चढ्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो ।  विभिन्न कुराबाट आजित भएकी कमलाले फेरी जागीर खाने निर्णय गरिन् ।

उक्त संस्थामा काम गर्न थालेको साढे दुई बर्ष पछि भने  छोड्ने सोचमा पुगेकी कमला स्थायी जागिरे भइन् र हालसम्म उक्त संस्थामा निरन्तर काम गर्र्दै आएकी छिन् । सन् २००५ मा उनले विवाह गरिन् ।

साढे दुई बर्ष पछिको उनी संस्थाको  प्रधान कार्यालय पुगिन् । जहाँ त्यहाँका पुरुष चालकहरुले टिक्न नदिन विभिन्न बाहना बनाए । तथापी उनले आफूलाई बलियो बनाएर व्यवस्थापन मिलाउँदै निरन्तर काम गर्दै आएकी छिन् ।

प्लस टु पछि केही समय अध्ययन रोकिए पनी उनले  भर्खरै रत्न राज्य लक्ष्मी क्यामपसबाट स्नातक उतीर्ण गरेकी छिन् । लामो समय अध्ययन रोकिए पनि पढ्नुपर्र्छ र काम गर्न सहज हुन्छ भन्ने महसुश गरेपछि उनले अध्ययनलाई निरन्तरता दिइन् ।

४६ वर्षीय कमला भन्छिन् जीवनमा केही नभएपछि सवारी चालक बन्ने भन्ने मानिसको सोचाई गलत हो । सबै क्षेत्रका लागि अध्ययन आवश्यक छ ।

यस्तै पहिले देखि महिलाहरु टेम्पो चलाउन लागेकाले एक साथीले अर्को साथीलाई त्यही लाइनमा तानेको भएर टेम्पो चालक महिला बढी भएको हो । शारिरिक रुपमा पुरुषभन्दा महिला केही कमजोर भएपनि अन्य सवारी चलाउन पनि सक्षम छन् ।

महिला यातायात क्षेत्रमा आए अनिमियतता रोकिने उनको बुझाई छ । भन्छिन्,‘यातायात क्षेत्रमा महिलाको उपस्थिती भयोे भने यस क्षेत्रमा हुने अनिमियततामा कमी आउँछ ।’

प्रतिक्रिया दिनुहोस्