कोशीमा नयाँ सरकार गठनको आह्वान, एमाले—माओवादीको दाबी



काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ।

बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीका अनुसार आज दिउँसो एमाले(माओवादीले नयाँ सरकारका लागि संयुक्त दाबी पेश गर्ने तयारी छ।

एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ। उता माओवादीले पनि आफ्ना सांसदहरूलाई संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्