असारे झरीमा अशोक दर्जीको मिल्ने साथी भुँईकटरेको घरमा विजोक (भिडियो सहित)



२८ असार २०७५ ,काठमाडौं

अशोक दर्जीको गाउका अति मिल्ने साथी भुँईकटरे (टिकाराम धिमाल) को घरमा असारे झरीले गर्दा विजोक छ।

उर्लाबारीका दिपक न्यौपानेले अशोकको घर सिलान्यासको बेला भुँईकटरेको घरको पिडादायक अवस्था देखे पछि आफ्नो बोर्डिङ्गमा भुँईकटरेलाई होस्टेल सहित निशुल्क पढ्ने व्यवस्था मिलाई दिएका थिए। अशोक पनि त्यहि होस्टेल सहित निशुल्क पड्दै छन्।

अशोकको घर निर्माण हुदै गर्दा भुँईकटरेको पनि निर्माण गरिदिने बताए पनि अहिले सम्म निर्माण सुरु भएको छैन। अशोक दर्जी घर निर्माण समितिका अध्यक्ष पूर्ण बहादुर वाइवाले भुँईकटरेको पनि चाडै निर्माण गर्ने बताएका छन्। उनका अनुसार भुँईकटरेको घर निर्माणको निम्ति देश विदेशबाट सहयोग जुटिरहेको पनि बताए।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्