‘बुलबुल’मा नयाँ भूमिकामा देखिदैँ नायिका स्वस्तिमा



असार, २०७५, काठमाडौँ

अहिले नेपाली चलचित्रकी चर्चित एवम् व्यस्त नायिका स्वस्तिमा खड्का ‘बुलबुल’ नामक फिल्ममा टेम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । करिब २ महिना जति टेम्पु सिकेपश्चात् उनी यो फिल्ममा अनुवन्धित भएकी छिन् ।  राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस फिल्मले बोल्नेछ । स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् । उनी भन्छिन्, ‘पहिलो पटक फरक भूमिकामा देखिँदैछु । मेरा लागि यो ठूलो चुनौती र अवसर हो ।’ अहिले फिल्मको वर्कशप चलिरहेको छ ।

प्राप्त जानकारी अनुसार, यस फिल्ममा अभिनेत्री स्वस्तिमाका श्रीमान् निश्चलले विशेष भूमिका निर्वाह गर्न सक्नेछन् । अहिले निर्माण टिमले उनलाई फिल्ममा ल्याउने तयारी गरिरहेको छ । स्वस्तिमाका अलावा ‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । विनोद पौडेलले यो फिल्मलाई निर्देशन गर्दैछन् ।  फिल्ममा उनकै कथा तथा पटकथा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्