चलचित्र खेल्ने कुरा झुटो हो : तेरिया मगर



०५ असार २०७५, काठमाडौँ

नेपाली चेली तेरिया मगरले आफूले चलचित्र खेल्ने बिषयमा आइरहेको खबर झुटो भएको बताएकी छिन् ।

भारतका २ ठूला चर्चित रियालिटी शो जितेपछि चर्चामा आएकी तेरियाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत आजसम्म कुनै पनि चलचित्र साइन नगरेको स्पष्ट पारेकी छन् ।

उनले स्टाटसमा लेखेकी छिन् ‘म आजको दिनसम्म कुनै पनि चलचित्रका लागि अनुवन्धित भएको छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन ।’ तेरियाले झुटो समाचारले आफ्ना शुभचिन्तकहरुमा पलाएको उत्साह र निराशाप्रति क्षमा समेत मागेकी छिन्

तेरियाका डान्स गुरु सुजन विश्वकर्माको पहलमा उनले ‘मायाको मोल’ नामक चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको थियो । ‘पटुकी’का निर्माता म्याक टेन कालुले यो चलचित्र निर्देशन गर्ने कुरा थियो । यो बिषयमा हामीले सुजनसँग वुझ्दा उनले कुरा फाइनल भएको बताएका छन् । सुजनले भने–‘हो, हामीले तेरियालाई संझौता नै गरिसकेका छौ । उनले त्यस्तो किन लेखिन्, थाहा भएन ।’

तेरियाले चलचित्र खेल्ने कुरालाई निर्देशक कालुले पनि पक्का भनेका थिए । तर, तेरियाले स्टाटस लेख्दै चलचित्र खेल्ने कुरा झुटो बताएपछि कतै कालु र सुजनले तेरियाको नाम प्रयोग गरेर चर्चा खोजेका त होइनन् भन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्