नेपाल भ्रमणको पूर्वसन्ध्यामा मोदीको ३ ट्वीट



२७ वैशाख २०७५, काठमाडौं

नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले मिनेटको फरकमा तीन वटा ट्वीट गरेका छन् । अघिल्लो दिनको ट्वीटमा मोदीले नेपाल भ्रमणलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट्याएका छन् ।

 

उनले लेखेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा ११ र १२ मेमा नेपाल भ्रमणको लागि जाँदैछु । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय सहयोगलाई गहिराईमा लैजान व्यापक छलफल गर्नेछु ।

भोली शुक्रवार नेपालको राजकीय भ्रमणको लागि मोदी पटनाबाट जनकपुर आई काठमाडौं आउनेछन् र पर्सि मुक्तिनाथ जाने कार्यक्रम रहेको छ ।

सामाजिक संजालमा मोदीको भ्रमणलाई लिएर चौतर्फी आलोचना भईरहेको छ । नेपालमा संविधान जारी भएपछि मोदीले नाकाबन्दी गरेका थिए । आलोचनाका बाबजुद पनि सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दनको तीब्र तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्