कलाकार मदनकृष्णलाई पत्नी शोक



काठमाडौं २० चैत: कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको मृत्यु भएको छ । यशोधाको गए राति साढे १० बजे निधन भएको कलाकार किरण केसीले जानकारी दिएका छन् ।

पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्। उनको बिहान नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनका एक छोरा, एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्