आँखाको इशारा नबुझे झैँ गर्छे 



काठमाडौं, १४ चैत

गजल

चंचल मेरो पारा नबुझे झैँ गर्छे

आँखाको इशारा नबुझे झैँ गर्छे

 

हजार लाखौं कुरा गरेर संधै

झारी दिन्छु तारा नबुझे झैँ गर्छे

 

हल्लाउदै हात मुटु टुक्राएर

हुँदैछु किनारा नबुझे झैँ गर्छे

 

हिजो संगै हुँदा कति ढुक्क हुन्थी

मेरो त्यो सहारा नबुझे झैँ गर्छे

– एटम बिद्रोही , साहित्यघर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्