तीनहजार वर्षमा एक चोटी फुल्ने फूल, यो फूल फुलेको देखेमा हुन्छ हजारौं फाइदा



काठमाडौं, ६ चैत

विश्वभर अनेक मिथक र मान्यताहरु प्रचलनमा रहेका छन् । यस्तै अनौठो मान्यता संसारका केही क्षेत्रमा रहेको छ । जहाँ तीन हजार वर्षमा एकचोटि फुल्ने एउटा फुलको अस्तित्व रहेको विश्वास गरिन्छ । त्यस फूलको संस्कृत नाम उदुम्बरा हो जसको अर्थ हुन्छ स्वर्गको फूल । त्यसो त विगत कैयौं वर्षमा संसारभरि यो फूल देखिएको दाबीहरू गरिएका छन् ।

सबभन्दा ताजा मामिलामा चीनका डा डिङले सन् २००७ मा यो फूल पत्ता लगाएको बताएका छन् । उनको बगैंचामा ३८ फूलको गुच्छा देखिएको बताइएको छ ।मान्यताअनुसार, यो फूल धर्तीमा पहिलोचोटि गौतम बुद्धको जन्मको समयमा देखिएको थियो । त्यसपछि सन् १९९७ मा दक्षिण कोरियाको एक मन्दिरमा बुद्धको मूर्तिमा यो फुलेको बताइएको थियो । बौद्धग्रन्थहरूमा यो फूललाई विशेष महत्त्व दिइएको छ ।

फूलको विशेषता भनेको यसको सुगन्ध हो । तर नांगो आँखाले यसलाई देखिँदैन । यसलाई हेर्न म्याग्निफाइङ ग्लास वा माइक्रोस्कोप नै चाहिन्छ । यो फूल नभएर लेसविङ कीराको अण्डा भएको पनि मान्यता छ । रुखमा यो कीराले अण्डा दिन्छ र यसबाट फूलजस्तो देखिने सुगन्धित कुरा बाहिर निस्कन्छ ।

तर बौद्धमार्गीहरूले भने यो फूल पवित्र ठाउँमा उत्पन्न हुने मान्यता राख्ने गरेका छन् । बुद्ध धर्म अनुसार जो मानिस असल सुबिचार अनि ज्ञानि छ उसले मात्र यो फूल देख्न पाउछ अर्थात गौतम बुद्धसँग भेट हुने बिस्वास गरिन्छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो? मनपर्यो भने हाम्रो पेज अनि साईटलाई अवश्य सेयर गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्