श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक



मोरङ, १३ फागुन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

श्रम नीति र पालना गर्ने विषयमा आइतबार विराटनगरमा भएको छलफल कार्यक्रममा  मुख्यमन्त्री राईले नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु र मोरङ व्यापार संघका अध्यक्ष पवन सारडासँग छलफल गरिएको थियो । सीप सिकाइ र सेवा सिकाइलाई माध्यमिक शिक्षामार्फत युवावर्गमाझ विकास गर्नसके श्रमसम्बन्धी समस्या धेरै हदसम्म समाधान हुन सक्नेबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्