लाइसेन्स नभए पनि जरिवाना तिरे पछी छुट



काठमाडौँ, ८ माघ
सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइने भएको छ ।

लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा दिने गरेको पाइन्छ । उपत्यका बाहिर अधिकांश जिल्लाका स्थानीय रुटमा चल्ने सवारी चालक बर्षौदेखि लाइसेन्सविनै सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन ।

उनीहरुलाई ट्राफिकले जरिवाना वापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेको पाइन्छ ।

दुर्घटना न्यूनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँधचमा कडाइ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्