जीवनोपयोगी भनाई तथा उखानहरु



एकजना प्रोफेसर ले विधार्थीहरुलाई भन्यो कि ” आज म जीवन को महत्वपुर्ण पाठ पढाउन गइरहेको छु …

उनले आफ्नो साथ मा ल्याएको एउटा काँच को ठूलो जार टेबल मा राख्यो र त्यसमा टेबल टेनिस को बलहरु हाल्न थाल्यो , तबसम्म हालीरहयो जबसम्म त्यसमा एउटा पनि बल अट्ने ठाउँ बचेन ।
उनले विधार्थीहरुलाई सोधे ” के जार पुरै भरियो ?

” Yes , भरियो , भनेर आवाज आयो ..

फेरि प्रोफेसरले त्यसमा सानो – सानो कंकड त्यसमा भर्न शुरु गरे , बिस्तारै – बिस्तारै जारलाई हल्लाएपछी कयौ कंकड त्यसमा जहाँ ठाउँ खाली थियो त्यहाँ गएर अड्कियो ।

फेरि प्रोफेसरले सोधे – अब के जार भरीसकिएको छ ?

विधार्थीहरुले यसपटक फेरि Yes …भने ,

अब प्रोफेसरले थैलिबाट बालुवा निकालेर बिस्तारै बिस्तारै त्यो जारमा बालुवा हाल्न शुरु गर्यो ,बालुवा ले पनि त्यो जारमा जहाँ सम्भव थियो त्यहाँ गएर आफ्नो ठाउँ ओगट्यो ।

अब विधार्थीहरु आफ्नो मुर्खतामा हाँस्ने थाले ,
फेरि प्रोफेसरले सोधे , के अब त यो जार पुरै भरीसकियो होला होइन ?

हो , Yes अब त पुरै भरीयो , सबैले एकैस्वरमा भने ,,

सर ले टेबल मुनिबाट चियाको दुई कप निकालेर त्यसमा भएको चियालाई जार मा हाले , चिया पनि धुलो को बिच मा स्थित सानो ठाउँ मा सोसियो ,

त्यसपछी प्रोफेसर ले गम्भीर आवाज मा सम्झाउन शुरु गरे ,

यो काँच को जारलाई तिमिहरुले आफ्नो जीवन सम्झ ….

टेबल टेनिस को बलहरु सबैभन्दा महत्वपुर्ण भाग अर्थात भगवान , परीवार , बच्चाहरु , मित्र , स्वास्थ्य र चाहनाहरु हो ,

सानो कंकड अर्थात तिम्रो नोकरी , कार , ठूलो घर आदि हो ,
र धुलोको मतलब अरु पनि सानो सानो बेकार को कुराहरु , मनमुटाब र झगडाहरु हो ..

यदि तिमिले कांच को जारमा सबैभन्दा पहिले धुलो हाल्थ्यौ भने टेबल टेनिस को बलहरु र कंकड को लागि ठाउँ बच्ने थिएन ,या कंकड भर्ने थियौ भने धुलोहरु भरीएपनी बलहरु भर्न सक्ने थिएनौ ,
ठिक यहि कुरा जीवन मा पनि लागू हुन्छ ,

यदि तिमी सानो सानो कुराहरुको पछि कुद्यौ भने र आफ्नो उर्जा त्यसमा नष्ट गर्यौ भने तिमिसित मुख्य कुराहरुको लागि अधिक समय हुने छैन ।

मनको सुख को लागि के आवश्यकता छ यो तिमिले तय गर्नुपर्नेछ ,
आफ्ना बच्चाहरुको साथ खेल , आमाबुवा , हजुरआमाहरु सित केही समय व्यतित गर , बिहान पत्निको साथ मा मर्निङ वाक मा जाउ ,
घर को बेकार फाल्तुको सामानहरुलाई बाहिर फ्याकिदेउ , मेडिकल चेकअप गराउ ,
टेबल टेनिस को बललाई प्राथमिकथामा राख , त्यही महत्वपुर्ण हो , पहिले तय गर कि के जरुरी छ?
बाकी सबैकुरा त धुलो हो ।

बिधार्थीहरु एकदमै ध्यानपुर्वक सुनिरहेका थिए ,

अचानक एकजना बिधार्थीले सोध्यो कि , सर तर तपाइले यो बताउनुभएन कि चिया को दुई वटा कप के हो ?

प्रोफेसर ले मुस्कुराउदै भने – म यहि सोचिरहेको थिए कि अहिले सम्म यो प्रश्न कसैले किन गरेन , …

यसको उत्तर यो हो कि , जीवन हामीलाई जति नै परीपुर्ण र सन्तुष्ट लागेपनी तर आफ्नो खास मित्रको साथ मा दुई कप चिया पिउने ठाउँ हमेशा हुनुपर्छ ।।

(यदि यो सन्देश राम्रो लागेमा आफ्नो साथीहरु माझ र आफन्तहरु माझ यो स्टोरी अवस्य तत्कालै शेयर गर्नुस )

प्रतिक्रिया दिनुहोस्