अस्पताल निर्माणको लागि निःशुल्क जग्गा प्रदान



२२ पौष २०७५, काठमाडौं

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालको लागि २२ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ ।

गाउँपालिकाले निर्माण गर्न लागेको ५० शैयाको सुविधा सम्पन्न सामुदायिक अस्पतालका लागि सो जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले बताएका छन् । ‘स्थानीय समाजसेवी गोरे राईले अस्पतालको लागि जग्गा उपलब्ध गराएका हुन् ।’ अध्यक्ष राईले भने, ‘हामी उक्त जग्गामा सुविधासम्पन्न ५० शैयाको अस्पताल निर्माणको अभियानमा छौ ।’

अध्यक्ष राईका अनुसार शनिबार जग्गा दाता राईलाई काठमाडौ‌ं एक कार्यक्रमका बीच भव्य सम्मान समेत गरिएको छ । समग्र गाउँपालिकाको विकास निर्माणमा महत्वपुर्ण सहयोग गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्