करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा



२९ असोज २०७५, काठमाडौँ

टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ ।

कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट यो व्यवस्था हटाउने निर्ढाय गरेको थियो ।

कटन कपडाको भ्याट शतप्रतिशत समायोजक र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे ।

सरकारले दिँदै आएको सहुलियत पूर्णरुपमा हटाएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको नेपाल कपडा उद्योग संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्