प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा आँसु रोक्न नसकेपछि (भिडियो सहित)



२५ असार २०७५, काठमाडौं

सधैं हाँसेर बोल्ने, सबैलाई कुनै न कुनै प्रसंग निकालेर हँसाउने प्रधानमन्त्री केपी शर्मा ओली एक अन्तर्वार्तामा रोएको भिडियो सार्वजानिक भएको छ।

नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो भागको प्रोमोमा प्रधानमन्त्री ओली रुँदै गरेको भिडियो यतिबेला सामाजिक संजालाहरुमा भाइरल बनेको छ।

कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो भागको कार्यक्रममा कार्यक्रम संचालकले कति गाह्रो गरेर बाचेका छन् है यी नेपालीहरु ? भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा ओली भाबुक मात्र बनेनन् आफ्नो आँसु पनि रोक्न सकेनन्।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्