दोलखामा बसको ठक्करबाट युवकको मृत्यु



दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिन्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजिता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

दोलखाको भीमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नंको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्