पहिराले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति



कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो ।

जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौ जाम भइरहेको छ ।

पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पु७थभलसयाए पनि पहिराले बढी क्षति पु¥याएको छ । पहिराका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिए।

भदौ १७ गतेदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ । सडकको अवरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाइकल यात्रु राजन कार्कीले बताए । पहिरो खसेर क्षति पु¥याएको सबै सडक कालोपत्रे भइसकेको थियो । अहिले उक्त सडक एकतर्फी हुँदा सवारी जाम हुने समस्या बढ्दै गएको छ ।

भ्याप्लेखोलामा सेनाको सहयोगमा चट्टान फुटाएर सडक खुलाए पनि सडकमाथि ठूला ढुङ्गा रहेका कारण जोखिम कायमै छ । आयोजनाले क्षतिको विवरण सङ्कलन गरिरहेको र पहिराले क्षति पु¥याएको कालोपत्रे सडक, नाली, पर्खाल, कल्र्भट तथा थप नयाँ संरचना निर्माणका लागि अध्ययन भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए । पहिराले पर्वतकै तल्ला मोदी जलविद्युत् आयोजनामा करोडौँको क्षति भएको छ ।

सडक खुलेको भोलिपल्टदेखि नै उक्त सडकमा घण्टौ जाम हुन थालेको छ । सडक एकतर्फी सञ्चालनमा आए पनि कुश्मा नगरपालिका–८ चुवामा सडक नै बगाएको थियो । सडक अस्थायी रुपमा सञ्चालनमा आएको भए पनि सडक छेउको माटो हटाउने कार्य भइरहेको छ । दोबिल्लामा ठूलो मात्रमा पर्खाल लगाउन आवश्यक रहेको र पर्खाल नलगाउँदासम्म दोबिल्लामा दुईतर्फी सडक खुलाउन नसकिने आयोजनाले जनाएको छ ।

दोबिल्लामा सानो पानी पर्नासाथ सडक अवरुद्ध हुने सम्भावना रहेको छ । ध्वस्त भएको झण्डै पाँच करोडको संरचना र थप तीन करोडको नयाँ संरचना गरी सडकलाई पुरानै अवस्थामा ल्याउन आठ करोड जति खर्च लाग्ने आयोजनाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्