फेक भिडियो बनाएर मेरो चरित्र हत्या गर्न खोजियो : मन्त्री शाही



काठमाडौं । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन् । फेक भिडियो बनाएर मेरो राजनीतिक जीवन माथि चरित्र हत्या गर्न खोजिएको समेत बताए ।

बलात्कार आरोप लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘सार्वजनिक भएको भिडियोमा कोठामा छिरेको देखिने व्यक्ति म नै हो । तर,उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै सत्यता छैन।’

‘कोठामा जाउँला, बाटोमा हिडुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ? मन्त्री शाहीले आक्रोश पोखे, ‘पीडित युवतीले नै म बलात्कार भएको छैन भनि पत्रकार सम्मेलन नै गरिसक्दा उचाल्ने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा Kinemasterमा इडिट गरेर सार्वजनिक गरिएको छ।’

यो समाचार आउने समयमा म काठमाडौमा थिए एक्कासि समाचार आयो समाचार पनि पढे अनि आफू लाई आफैले प्रश्न गरे मेरो बारे समाचार आए पछि त्यो भिडियो माग्न खोज्दा दिन मिल्दैन भन्ने प्रश्न आयो अनि म नेपालगन्ज बाट सुर्खेत आएपछि यमलाल कडेलका मान्छेहरुले आफू विरुद्ध बर्खास्त भन्ने नारा सहित जुलुस ल्याएर आए ,यो राजनीतिक पुर्वाग्रही हो मैले फोलोक्रस गरेकै कारण यो विभिन्न विषयमा राजनीतिक मुद्दा बनाउन लागिरहेका थिए , केही पनि नपाए पछि Kinemaster बाट भिडियो इडिट गरेर साइवस्यालहरुले सामाजिक संजालमा छ्यापछ्यापति हालेका छन् ।

आफू कालिकोट जिल्लामा लकडाउनमा स्वास्थ्यको ओैषधि लिएर एम्बुलेन्समा गृह जिल्ला जादा पनि समाचार लेखेकै हुन्, घरको ढलान हालेको पनि समाचार लेखेकै हुन्, आफ्नो निर्वाचन क्षेत्रमा योजना अनुगमन गर्ने जादा पनि समाचार लेखेकै हुन् ।

तर पत्रकारीता भनेको सत्य, तथ्य निष्पक्ष लेख्ने हो भन्ने बुझेको छु मैले पनि पत्रकारिता गरेको हुँ यस्तो राजनीतिक पुर्वाग्रही तरिकाले कहिले नौ लेख्नेकाम गरेको थिएनन् । भन्ने भिडियो मंगलबार (हिजो) मात्र आफू लाई जानकारी भएको दावी गरे ।

एमालेका भ्रातृ संगठन अनेरास्ववियु, युवा संघले जुलुस निकालेर नभएको विषयमा राजनीतिकरण गर्न खोजेको उनको आक्रोश छ । उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भूमिका रहेको पनि आरोप लगाए ।‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अपराध हेर्ने त अदालत ले होला नि ।अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो उनले भने ।

उनले अघि भने बलात्कार गरेको भनिएको भिडियो ल्याबमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दोषी–निर्दोषी भनेर भनौँ । फेक भिडियो एउटा Kinemaster एप्सबाट बनाइएको छ । ल्याब बाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।

शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सुनियोजित प्रकारले आफूमाथि हमला भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्