राजविराजमा अक्सिजन प्लान्ट



सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिन्डर भर्न सकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेन्ट डा।रञ्जित झाले बताए ।

तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडै नै अस्पतालमा जडान गरिने उनले बताए । साथै लिक्विड सिलिन्डर र ट्युबसमेत ल्याइएको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ ।

यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्ला सहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा।झाले बताए । हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्