पहिरोले अवरुद्ध डोटीको बुडर–जोरायल सडक सञ्चालन



वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका–२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

पहिरोले अवरुद्ध भएको सडक स्थानीयवासी, प्रहरी तथा स्काभेटरको सहायतामा आज बिहानदेखि सञ्चालन भएको अस्थायी ट्राफिक पोष्ट बुडरका प्रमुख हर्क साउदले जानकारी दिए ।

पहिरोका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा आएका पहिरो पन्छाइएपछि त्यहाँको यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्