शृङ्खलाबद्ध महिला हिंसाको विभत्स रुप छरिखोला हत्या काण्ड र त्रासदी पूर्ण जनजीवनले उब्जाएका सवालहरु !



हर्क सिंह केसी, साबिकको  मेरो छिमेकी गा.बि.स. खारा, मैले तीन बर्ष अध्यापन गरेको स्कुल नजिकै रुकुम पश्चिमको त्रीवेणी गाउपालिका ४ कालीमाटी (खारा)मा २०७८ साउन ११ गते जघन्य अपराधिक घटना घटेको खवर सुन्दा ब्यक्त गर्नै नसकिने पिडाबोध भयो । सर्वप्रथम मृतक प्रती हार्दिक श्रद्धाञ्जली यवं शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।

घटनाको बारेमा अध्ययन भैरहेको हुदा धेरै बोल्नु मनासिब नहोला तर पारिवारिक आशंकालाई आधार मान्ने हो भने   घरमा बसिरहेकी करिव २६ बर्षिय मनकला खत्री (खड्का) बेलुका ७ बजेतिर गोठमा बाधिएका भैसिलाई घाँस हाल्न बाहिर निस्केको समयमा  बलात्कार गरि हत्या भएको अनुमान गरिएको थियो । तर प्रारम्भिक अनुसन्धानले नाबालकबाट हत्या गरिएको भन्ने अपुष्ट रुपमा बाहिर आएको छ ।

हत्याको प्रकृति र अपराधी अनुसन्धान पछि खुल्ने कुरा हो । खुल्दै जाला । तर यस घटनाले सबैको मानसपटलमा केही गम्भीर प्रश्नहरु उब्जाएको छ । तसर्थ सम्बन्धित सबैले केही महत्त्वपूर्ण कुरामा गहिरो ध्यान पुर्याउन जरुरी देखिएको छ ।

कहिलेसम्म नारीहरु अपराधिक सोचको शिकार हुने ??? कहिलेसम्म नारी हिंस्रक पुरुषको भोकको साधन हुनेरुरुहामी बिश्व भूमण्डलीकरणको युगमा आईपुग्दा पनि हाम्रो समाजमा नारीको मनोभावना, आशा,अपेक्षा, सपनाहरूलाई नबुझेर उनको शरीरलाई मात्रै पाउने अपेक्षा राख्ने पुरुष सोचमा कहिले परिबर्तन आउने ?? शरीर भोगको दानबिय पुरुष सोचमा कहिले परिवर्तन आउनेरुरुयस्ता अपराधीक मनोवृत्ति तह लगाउन अप्रयाप्त कानुनलाई कसले सुधार गर्ने ?? राज्यले कहिले सम्म कानमा तेल राखेर नारी अस्मिता लुटिएको टुलु टुलु हेर्ने ?? यो घटना मात्रै कहाँ हो र ? हरेक स्थानमा नारिहरुको अस्मिता लुटिईरहेको छ । सयौं नारिहरु समाजको अपाच्य लान्छनाहरुको तिर-बाणको आक्रमणको भयले अन्याय,अत्याचार,अपमान र अपहेलनाका भावाबेगहरु छात्ती भित्र गाँठो पार्दै चार दिवारमा कैद छन् । आवाज उठाउदा पनि न्याय नपाएका घटनाले सम्पुर्ण समाज नैराश्यताको भुमरी भित्र छ । यसरी नारी निरिहताको फाइदा उठाउदै घृणित कर्म गरिरहने निच सोच भएका पिचाशहरुलाई कसले ठेगान लगाउने ? सवालहरु थुप्रै छन्।

यो अपराध निर्मला पन्त प्रकरण को अर्को नमुना हो । जब निर्मला पन्तले न्याय पाइनन त्यस पछि यस्ता घटना देश भर निकै धेरै भएका छन। निर्मला पन्तले न्याय नपाए पछि अन्य घटित घटनामा अपराधीलाई सजाय भयो या प्रसय पाए योसम्म बाहिर आएन । यी याबत घटनामा परिवार लगायत समाज सम्मले नैराश्यता बाहेक केही पाएन । कति केशमा त आखिर न्याय नपाउने भए पछि कराएर के गर्नु भन्ने निराशाले मुद्दा नै अघि बढाएनन परिवारजनहरुले । न्याय पाउनुको सट्टा केटि पक्षले समाजको नैतिक लाल्छना र अपमान भोग्नुपर्छ ।

केही समय पहिले कै कुरा गरौं सल्यानको फारुलामा पनि एक जुझारु महिला निर्माण कार्य सपन्न गरेको रकम निकासा गरि घर फर्किदै गर्दा हत्या गरिएको खवर सुनिएको थियो । त्यसले पनि न्याय त पायो पाएन तर न्यायको लागि आवाज उठेको खबर कतै आएन । चितवनकी सविता भण्डारी हत्या प्रकरण, पोखराकी बिष्णु बराल रुपन्देही को सैना मैनामा बिहे गरेको २७ दिनमा दाइजोको कारण हत्या गरि आत्म हत्या देखाइएको घटना,पशु पन्छिको दुरुस्तै आवाज निकाल्ने काभ्रेकी शन्तोषि शुब्बाको भैरबनाथ जंगलमा भेटिएको बिभत्स लास को कथा,पतिबियोगमा परेकी हेटौडाकी सुस्मिता थापा जसलाई सम्पतिको लोभमा सबै परिवार मिली गरिएको बीभत्स हत्या को केस ! कसले पाए न्याय ? केवल मृत्युका खबर केही मिडियाले बाहिर ल्याए तर ती घटनाले उचित न्याय पाएको खबर कतै देख्न पाइएन ।

कतै बाउ भक्षक भएका अपराध,हाडनाता बेभिचार,सामुहिक करणी अनगिन्ती घटना दिन दिनै मिडियामा आउछन । ती त केही प्रतिनिधि घटना मात्र हुन ।भित्रै लुकाइएका र दबाइएका घटना कति होलानरुयसको बिपरितमा अपराधीलाई सारा दुनियाले देख्ने गरि सार्बजनिक गरिएको र दुष्टहरु तर्सिने गरि कार्बाही गरिएको कतै सुनिदैन । बरु घटनाका दोषिहरुले भुलबस या दशा बिग्रेर यो अपराध घटाएको हुन सक्ने बहाना देखाउदै एक पटक माफ गर्नु पर्ने जस्ता सहानुभुती का आवाजहरु सलबलाउन पछि पर्दैनन । यसो भएपछि अपराधिहरुको मनोबल उच्च हुँदै गयो र देश भरका अपराधिक मानसिकताहरु झन झन सलबलाउन थाले । यो पनि यस्तै एक अपराध हो ।

परिवारका कोहि कसैको पनि कसैसंग ब्यक्तिगत या सामुहिक रिस इवि नभएको भनिएको भए पनि प्रहरी अनुसन्धानका लागि यो पनि एउटा अनुसन्धानको पाटो हो । प्रहरी प्रशासनले पनि आफ्नो आमा, दिदिबहिनी, नारी,चेली उपर घटेको घटनाको रूपमा लिएर कुनै पनि दवाब प्रभावमा नपरी घटनाको सत्य,तथ्य यथार्थ विवरण रुपमा छानबिन गर्न गम्भीर चुनौती छ ।

यसको लागि राष्ट्रिय अनुसन्धान ब्यूरोबाट तालिम प्राप्त कुकुर लगायत अहिलेको आधुनिक अनुसन्धानका साधनहरु उपयोग गरेर यस घटनालाई दुरुस्त छानबिन गर्न आबश्यक छ । यदि प्रत्येक जिम्मेवार प्रहरी प्रशासनले यस्ता घटनाहरुलाई आफ्नै परिवारको घटना सम्झेर कसैको दबाब प्रभावमा परेन भने अन्तरास्ट्रिय रुपमा ख्याति प्राप्त प्रहरी प्रशासनले यो घटनाको सत्य तथ्य सजिलै बाहिर ल्याउन सक्छ ।

तर निर्मला पन्तको घटनाको जस्तो कसैको दबाब प्रभावमा दुबिधायुक्त,अबिस्वास्निय छानबिन नहोस् । यसको लागि प्रहरी प्रशासन निकै गम्भीर रूपमा सजक भएर लाग्न जरुरी छ । यस्तो घटना दुबिधायुक्त तरिकाले बाहिर आयो यदि सत्य तथ्य छानबिन हुन सकेन भने त्यो जस्तो दुर्भाग्य,लज्जास्पद केही हुने छैन । यो लगायत यस्ता याबत घटनाहरु न्यायीक रुपमा बाहिर आउन जरुरी छ । नत्र हरेक पल नारिहरुको लागि डर र त्रासमा रहनुपर्ने बाताबरणको निर्माण भैसकेको छ । यत्रो आधुनिक जमानामा आईपुग्दा पनि पुरुष सरह निर्धक्क हिंड्न् बोल्न काम गर्न पाउने परिस्थितिको निर्माण कहिले हुने ?

जे जसरी भएको भए पनि जो कसैले गरेको भए पनि यो एउटा जघन्य,पासविक हत्या हो । यसमा पनि जघन्य महिला हिंसा हो । जीवन साथी प्रदेश भएको बेला गरिएको निरीह नारीको हत्या । लुकिछिपी गरिएको एउटा कायरतापूर्ण बर्बर अपराध । जस्तो सुकै शब्दले यस्तो अपराधको खेद ब्यक्त गरे पनि अपुरो हुन्छ ।

यस घटनाले सिङ्गो त्रीवेणी शोकाकुल छ । शोकाकुल मात्र हैन त्रसित भएको छ । मानवता आक्रोशमा उर्लिएको छ । यस बेला सबैले न्याय को अपेक्षा गरेको छ । सोकाकुल परिवारमा के बितेको छरु त्यो कल्पना सम्म गर्न सकिदैन । अबोध बालबालिकाले एउटा बाच्ने आधार मातृत्व गुमाएका छन । प्रदेशमा भएको जीवन साथिले जिबनभरी सुखदुःख साटने जिबनसाथी गुमाएको छ । अपराधीले कसैको परिवारको सिङ्गो जीवन तहसनहस पारिदिएको छ । यस्तो अबस्थामा त्यो अपराधी भेटिएको खण्डमा जो कोहीले पनि त्यसलाई छोड्नेछैन ।त्यो आक्रोश जनतामा छ ।

तर यतिबेला प्रहरी प्रशासन,राजनैतिक दलहरु र पत्रकार जगत यी तीन पक्षले निकै गम्भीर रुपमा ध्यान पुर्‍याउन पर्ने देखिन्छ । हुन त ध्यानपुर्वक नै कार्बाही अघि बढिरहेको होला । फेरि पनि हाम्रो देशमा जस्तो सुकै अपराध होस । तेरो र मेरो,उस्को र हाम्रो भन्ने भावनाले अपराधिको पक्ष पोषण गरेका उदाहरण थुप्रै छन । आफ्नो हुदा जघन्य अपराधलाई पनि सामान्यिकरण गर्ने अर्काको हुदा सामान्य बिषयलाई पनि अपराधिकरण गर्ने नेपाली प्रबृत्ति छ । यो एउटा रोगको रुपमा सल्बलाईरहेको छ । आफ्नो पार्टीको भए राजनैतिक संरक्षण अर्काको भए राजनैतिक अतिरञ्जना गर्ने हाम्रो प्रचलन हो ।

हाम्रो जस्तो समाजमा कुनै पनि ब्यक्ती कुनै न कुनै राजनैतिक दलसंग जोडिएकै हुन्छ । कुनै न कुनै संस्थासंग जोडिएकै हुन्छ । अपराधिको निधारमा चिन्ह हुदैन ताकी जसले पनि उसलाई एकल्याओस । अपराधी पत्ता लागि सकेपछी त्यो कसैको नजिकको ठहरिने छ । त्यसपछी मान्छेमा आ-आफ्ना भावना उजागर हुनेछन र कसैले बचाउको फण(फँडा) उठाउन थाल्नेछ भने कसैले अतिरञ्जनाको झण्डा उठाउने छ ।

त्यसपछि मनकलाको न्याय पनि निर्मलाको जस्तै हुनेछ । दण्डहीनता फेरि एकपटक दरिलोसित स्थापित हुनेछ । अपराधिहरु रात्री भोज गर्ने छन । अपराध मनोबृत्तिहरुको संख्या बढ्ने छ।निर्धाको न्याय दैबले पनि देख्न छोड्ने छ । त्यसपछि यो घटना केवल हत्या मात्र हुने छैन बरु तपाईं हामी सबैको लागि काल पल्केसरी जस्तो हुनेछ । निरीह नारी प्रत्येक पल डर त्रासमा जिउनुपर्ने छ ।

के यसरी बिना कारण  मान्छे मारिनु सामान्य नै हो र ?

के एउटि नारी घर बाहिर निस्कनै नहुने हो ?

रात बिरात भनौं या एक्लै निस्के बलात्कार र हत्याको शिकार हुनुपर्ने पर्नेरुयो कस्तो बिडम्बनापूर्ण परिस्थिति ?

मानौं कहि कतै रिस ईबी नै थियो रे।के त्यो रिस इबी भएकै कारण ज्यान नै लिनैपर्ने रुयो कस्तो राक्षसी प्रवृत्ति ?

स्वतन्त्र रुपमा बाँच्न पाउने बाताबरण नै गुमेको हो त ??

अह, यो कुनै हालतमा क्षम्य छैन । यसमा कुनै तर या पनि लाग्दैन । निर्मलाले नपाएको न्याय त्रिवेणिले देओस ! निर्मलाले नपाएको न्याय मनकलाको केश बाट मिलोस ! दण्डहिनता र अपराधिकरण कम्तिमा अब उभो आँखा नहेरोस । फेरि कुनै दिन यसरी नावालक एक्लिनु नपरोस ! एउटि अबला नारी एक्लै जतासुकै हिड्न सक्ने बाताबरण बनोस । उसमा पनि म सुरक्षीत छु र ममा कुनै अन्याय भए न्याय पाउछु भन्ने आत्म बिश्वास जाग्ने बाताबरण बनोस । कृपया कुनै पनि हालतमा नारिलाई नैतिक आक्षेप लगाएर पासबिक अपराधलाई न्युनिकरण गर्ने कोसिस नगरियोस । कतै नाबालकलाई देखाएर घटनाका मुख्य दोषी बचाउने प्रपञ्च नरचियोस ।

त्यसैले  साच्चै न्याय दिलाउने हो भने, साच्चै अपराध नियन्त्रण गर्ने हो भने,कसैले कसैको मुख ताक्न पर्ने छैन । अनुसन्धानको पाटोमा सामाजिक बिश्वास बढने छ । सबै राजनैतिक दल अपराधका विरुद्ध एक हुनु जरुरी छ । सबै बुद्धिजीवी पत्रकार जगत एक मुख हुन जरुरी छ । सबैले प्रतिबद्धता गर्न आबश्यक छ कि अपराधी मेरै छोरा या बाउ भए पनि छोड्ने छैन । म भित्र दया करुणा जाग्ने छैन । मेरै दलको होनहार कार्यकर्ता रछ भने पनि छोड्ने छैन । फरक दलको नेता नै रहेछ भने पनि म पार्टीको नाम लिएर अतिरञ्जना गर्ने छैन । बरु सबै पार्टीसित मिलेर अपराधिलाई बेहदको यातना दिन तयार हुनेछु । मेरो घरमा पनि छोरिचेली छन उनिमा यस्तो घटना घटित हुँदा हामिमा कस्तो होला भन्ने सोच लिएर यी अपराधीलाई कडाइको साथ सजाय दिलाउने छु । भन्ने प्रतिबद्धताको निकै खाँचो छ यतिबेला ।

प्रहरीका कान कान पुगेर कुन पार्टीको रहेछ भनेर कानेखुसी गर्ने, मेरो भाइ सालो त परेन नि ? संसकित हुँदै खोतल्ने । यस्तो बानी गरियो भने न्याय फेरि पनि मर्नेछ । अनुसन्धान खुलिसके पछि पक्कै पनि फलानो पार्टीको हलानो पार्टीको हत्यारा भनेर पोस्ट आउन थाल्ने छन । जो किमार्थ न्याय संगत हुने छैनन । पुनः ईख साध्नु बाहेक अरु केही हुनेछैन । अनुसन्धान नखुल्दै सबै जना अपराधका विरुद्ध एक मत हुनुहोस । अन्यायका बिरुद्ध  एकाकार हुनुहोस । तपाईं हाम्रा सन्ततीलाई सु-संस्कार दिने तपाईं हामिले हो । समाजमा शान्ती र सुशासन दिने तपाइ हामिले हो । मान्छे आफ्नो हुन सक्छ अपराध आफ्नो कहिल्यै हुदैन ।

अपराध किन भित्रीदैछ ? यसका कारणहरु केके हुन सक्छन ? नियन्त्रणका उपाय के के हुन ? यिनी तत्काल छलफल गर्नु पर्ने गम्भीर कुरा भैसके । तर त्यस भन्दा अघि जघन्य घटना घटिसक्यो । कसैको ज्यान गैसक्यो । कोहि टुहुरो भएको छ । कालगतिले हैन । हिड्दा हिड्दै हत्या भएको छ । एउटा मात्रै होइन सयौं घटनाहरु दिनानुदिन घटिरहेको छन । बन जंगल पनि हैन घरमै । यो सामन्य घाटना हुँदै हैन । यसलाई पार लगाउन,फेरि यो घटना कहिल्यै नदोहोरियोस भन्नका लागि केही गर्नै पर्छ । कानुन निर्धोलाई लाग्छ । बलियोलाई त त्यै कानुनले अपराधबाट पनि बचाउछ । त्यै कानुनले पहुचवालालाई मानबाधिकारको हवाला दिन थाल्छ । त्यसैले यति पासबिक हत्यारालाई कानुनको नौ सिङ्गले हैन अपराध बिरुद्धको जनएकताले चरी घैटे को तरिकाले कार्बाही चलाउन सके साच्चिकै न्यायोचित हुनेछ । त्यसका लागि जनमानस र सरोकारवाला सबैको निस्वार्थ र निस्पक्ष प्रतिबद्धता को खाँचो छ ।

सुझाब दिदै गर्दा यदि मेरो जति नजिकको नाता पर्ने ब्यक्ती यस्ता घटनामा संलग्न रहेछ भने त्यो नरपिचाश हो । त्यसलाई मसँग नसोध्नु । बरु मनकलाको लाशको माथी एउटा खम्बामा उधो टाउको बनाएर झुण्ड्याउनु । अनि चोक्टा चोक्टा काटेर काग गिद्दलाई दिनु । बगेको रगत मनकलाको शरिरमा चुहाइदिनु । बाकी रहेको हड्डी कुकुर र स्याललाईदिनु ताकी मेरा आमा दिदी बहिनिहरु ढुक्कले हिड्न र बाच्न सकुन । आशा छ यो घटना फेरि अर्को नदोहोरिने गरि अपराधीलाई सजाय होओस । अपराध गर्नुपुर्व यो घटनाले शिक्षा देओस कि अपराध गर्दा सजाय हुन्छ भनेर उसको मनोभावनामा त्रासदी बनेर बसोस । न कि जनसाधारणको त्रासदी !!

प्रतिक्रिया दिनुहोस्