लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ



लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्