आमिर खानकी छोरी इराले स्विकारिन् प्रेम सम्बन्ध, प्रेमी नुपुरसँग सेयर गरिन् रोमान्टिक फोटो



काठमाडौं । आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको आफ्नो सम्बन्धलाई आधिकारिक गरेकी छिन् । इराले यसका लागि भ्यालेन्टाइन्स विक छानेकी छिन् ताकि उनले प्रेम उजागर गर्न सकून् । इराले आफ्नो र नुपुरका केही तस्बिर पनि सोस मिडियामा सेयर गरेकी छिन् । जसमा यी दुईबीचको केमेस्ट्री स्पष्ट रुपमा देख्न सकिन्छ । इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिन एक सम्मान हो ।’

नुपुरले कमेन्टमा लेखे ‘आइ लभ यू’ इराले यो पोस्टसँग थुप्रै ह्याश ट्याग लेखेकीछिन् । जसमा उनले याये स्पष्ट पारेकी छिन् कि नुपुर उनका भ्यालेन्टाइन र ड्रीम बोय हुन् । इराको यो पोस्टमा थुप्रै सेलिब्रिटीले कमेन्ट गरेर उनीहरुको सम्बन्धलाई प्रेम दिएका छन् । नुपुर आफैंपले पनि इराको पोस्टमा रेड हार्ट इमोजीसहित ‘आइ लभ यू’ लेखेका छन् ।

स्मरण रहोस्, नुपुर आमिर खानका फिटनेस कोच हुन् । यी दुई करिब ९ महिनादेखि प्रेम सम्बन्धमा छन् ।

प्रतिक्रिया दिनुहोस्