हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित



हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो । बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको जनाइएको छ ।

नेपालगञ्जमा बाक्लो हुस्सु र मिकोटमा बिहानदेखि हावाहुरी चलेका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको नागरिक उड्डन प्राधिकरण सिमकोटका प्रमुख विष्णु प्रसाद अधिकारीले जानकारी दिए । हरेक बिहान साढे ६बजेदेखि सिमकोट विमानस्थलमा हवाईजहाजले अवतरण गर्ने भएपनि तराईमा चलेका शीतलहर र हुम्लामा चलेको हावाहुरीकै कारण कुनै जहाजले सिमकोटमा उडान नभरेको विमानस्थलले जानकारी दिए ।

नेपालगञ्जको मौसम सफ भएपनि समकोटमा बिहानै चलेको हावाहुरीले उडान प्रभावित भएको हो । सुर्खेतमा मौसम सफा भएपनि जहाज नभएका कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान गर्ने गर्छन् ।

उडान नहुदाँ नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि समकोटमै रोकिएका छन् । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्