हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने



हुम्ला जाने याुत्रलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्ट देखाउनुपर्ने नियम थियो । तर अहिले भने रिपोर्ट नहुदाँ पनि हुम्ला जान सकिनेछ ।

जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट आउँदा रु दुई हजार तिरेर पिसिआर रिपोर्ट ल्याउनु पर्दा जिल्लावासी समस्यामा पर्ने गरेका थिए । जिल्ला प्रशासन कार्यालयको कोभिड विपत् व्यवस्थापन समितिको बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि सो समस्याबाट यहाँका स्थानीयवासीले छुटकारा पाएका छन् । सिमकोट आउदा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्