रिसेप्सन पार्टीमा यस्ता देखिए स्वेता र विजयेन्द्र…



गत मंसिर २२ गते नायिका स्वेता खड्काले विजयेन्द्र सँग निकै धुमधामसँग बिहे गरिन् । तर उनको बिहेमा मिडियाकर्मी र नेपाली सिने जगतका कलाकारको पनि त्यति उपस्थिति देखिएको थिएन । यसैबिच मिडियाकर्मी र सेलिब्रेटीको लागि स्वेताले बिहिबार राजधानीमा ठूलो पार्टीको व्यवस्था गरेकी थिइन् ।

उनको बिहेको पार्टीमा नेपाली सिने जगतका थुप्रै हस्तिहरुको उपस्थिति रहेको थियो । स्वेता र विजयेन्द्र रिसेप्सन पार्टीमा निकै नै राम्रा देखिएका थिए । स्वेताले सबैको आर्शीवाद र मायाले आफ्नो नयाँ जीवन निकै रमाइलोसँग बितिरहेको बताइन् । साथै उनले विजयेन्द्रको परिवारले आफूलाई निकै माया गर्ने भएकाले छिट्टै सबैसँग घुलमिल हुन सकेको पनि बताइन् ।

विजयेन्द्र र स्वेताको रिसेप्सनमा मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, उदिप श्रेष्ठ, किरण केसी, प्रमोद खरेल, एलिजा गौतम, रेखा थापा लगायतका कलाकारकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्