पछिल्लो समय लाइभ दोहोरी मार्फत भाइरल सुशिला लामाले चिज गुरुङसँग गाइन् अर्को कडा दोहोरी, भन्छिन् : ‘कमेन्ट पढ्ने हो भने दोहोरी गाउन मन लाग्दैन’



पछिल्लो समय कडा टुक्काहरु छानेर शब्द संयोजन गर्दै दोहोरी गाउने लोक गायिका सुशिला लामा धेरैको नजरमा चर्चित हुन थालेकी छिन् । लोकसंगीत क्षेत्रमा बिसौ बर्षदेखि संघर्ष गर्दापनि चर्चित हुन नसकेका कलाकारहरुका उदाहरण थुप्रै भएको सबैलाई थाहा छ । तर उनी यो उमेरमा आएर छोटो समयमा भाइरल बनिन् । उनी आफ्नै सुरमा दोहोरी गाउँछिन् । धेरैले आलोचना पनि गरिरहेका बेला हामीले उनलाई कमेन्टहरु पढ्नुहुन्छ कि पढ्नुहुन्न ? भनेर सोध्दा उनले हाँस्दै जवाफ दिइन्, ‘कमेन्ट पढ्ने हो भने त दोहोरी गाउन मनै लाग्दैन’ । वास्तवमा हुन पनि हो रैछ । नराम्रा कमेन्टहरु धेरैले गरेतापनि सबैभन्दा पनि भ्यूअर्स उसैले गाएका दोहोरीमा देख्न सक्छौँ ।

यो उमेरमा आएर उनलाई भ्याई नभ्याई छ । दिनहुँ लाइभ दोहोरीमा व्यस्त हुन्छिन् । उनी भाइरल भएकी दाइभ दोहोरीबाटै हो । उनले एउटा लाइभ दोहोरी गाउँदा अहिलेसम्म केही छैन लिनदिन बने पोई बन नबने चिन्दिन यो टुक्काले सबैमाझ उनलाई चिनायो । त्यसपछि त उनी क्रमश यस्तै दोहोरी गाउँदै चर्चामा पुगिन् । उनले दोहोरी गाउँदै गर्दा त्यहाँ उपस्थित हुनेहरु छक्क पर्छन् । ४० कटेको उमेरमा पनि उनी यसरी जोस र जाँगरका साथ दोहोरी गाउँछिन् ।

सयमले साथ दियो भने नहुने के रैछ र । उनी एउटा गतिलो उदाहरण बनेकी छिन् । पछिल्लो पुस्ताको समेत रोजाईमा उनी परेकी छिन् । उनले गाएका धेरै टुक्काहरु टिकटकमा साना साना उमेरका केटाकेटीले पनि टिकटक बनाएको देख्न सकिन्छ । यसै क्रममा हाम्रो परिवर्तन खबरमा पनि उनले आजको एपिसोडमा चर्चित गायक चिज गुरुङसँग दोहोरी गाएकी छिन् । कस्तो लाग्छ सल्लाह सुझाव सहित सकरात्मक प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा राख्दछौँ । भिडियोको लागि तलको लिङ्क थिच्नुहोला ।

प्रतिक्रिया दिनुहोस्