नेकपा कालिकोटका युवा नेता दिपक चौलागाईद्धारा ३९० घरपरिवारलाई सुधारिएको चुलो वितरण



काठमाडौं । नेकपा कालिकोटका युवा नेता दिपक चौलागाईं शिखरको पहलमा शुभकालिका गाउँ पालिकामा ३९० घर दलित जनजाती घर परिवार लाई निःशुल्क सुधारिएको फलामे चुलो बितरण गरिएको छ । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको लक्षित समुदायलाई बायो उर्जा कार्यक्रम अन्तरर्गत शुभकालिका गाउँपालिकाका तीन सय नब्बे घर परिवारमा दुई मुखे सुधारिएको धुवाँ रहित फलामे चुलो जडान गरिएको छ ।

चौलागाईंकै पहलमा यस अघि पनि शुभकालिकामा निःशुल्क संस्था गत सौर्य उर्जा र लक्षित बर्गलाई बायो उर्जा जडानको काम भएका थिए । नेकपा कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका दिपक चौलागाईं (शिखर) युवाहरु आशाको केन्द्र मात्र होईन गरिब महिला दलित जनजाति र पछाडि पारिएको समुदायलाई न्याय, समान्ता समृद्धि, र अधिकारका लागी सबै आ-आफ्नो ठाउँबाट जुट्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्