आफ्नै श्रीमानले बनाए डेढ् वर्षदेखि श्रीमतीलाई शौचालयमा बन्धक



भनिन्छ नि श्रीमान श्रीमती एक सिक्काको दुई पाटा हुन्, भनेर तर सवैमा यो उखान टुक्का या भनाई लागु नहुने रहेछ, सवैको जिवनमा कहाँ श्रीमानको मायाँ र साथ मिल्दो रहेछ र ? हो यस्तै घटना घटेको छ भारतको हरियाणा राज्यमा आफ्नै श्रीमानले ३५ वर्षीया पत्नीलाई विगत डेढ वर्षदेखि ट्वाइलेटमा बन्द गरेर राखेको त्यहाँको अधिकारीहरुले जनाएका छन् ।

हरियाणा राज्यको पानिपत जिल्लामा रहेको ऋशपुर गाउँम अमानवीय अवस्थामा राखिएकी ती महिलालाई जिल्लाकोक महिता तथा बाल कल्याण विभागका अधिकारीले बुधबार उद्दार गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

महिलालाई अमानवीय अवस्थामा बन्धक बनाएर राखिएको सूचना पाएपछि जिल्ला महिला संरक्षका अधिकारी रजनी गुप्ता प्रहरीको साथमा उद्धारका लागि पुगेकी थिइन् ।

उनी कमजोर र हिँड्न नसक्ने अवस्था थिइन्, उनले हामीले दिएपछि ८ वटा चपाती खाइन गुप्ताले भनिन् । पीडित महिलाका ३ सन्तान छन् । उद्धार गरिए लगत्तै ती महिलालाई नागरिक अस्पताल लिएको थियो । अहिले उनलाई भतिजको जिम्मामा छोडिएको छ ।

ती महिलाले १७ वर्ष अगाडि नरेश कुमार नाम गरेको पुरुषसँग विवाह गरेकी थिइन । जसबाट उनका १५ वर्षीय एक छोरी र ११ र १३ वर्षका दूई छोरा छन् ।

महिलाका पति कुमारले श्रीमतीको मानसिक अवस्था ठिक नभएको दाबी गरेका छन् । यध्यपी परोपकार विभागका अधिकारीले भने पीडित महिलाले परिवारका सबै सदस्यलाई चिनेको र उद्धार टोलीले सोधेका प्रश्नहरुको उत्तर दिएका बताए ।

उनका पतिले ती महिलाको मानसिक स्वास्थ्यको उपचार गरिएको पुष्टि गर्ने सो सम्बन्धी कुनै कागजपत्र पेस गर्न सकेनन्, गुप्ताले भनिन् ।

प्रशासनले महिलाका पति नरेश कुमारलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको छ । उनी विरुद्ध भारतीय दण्ड संहिता अन्र्तरगत मुद्धा तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्