नेहाको विवाह मिति सार्वजनिक भएपछि पूर्वप्रेमी हिमांशले दिए यस्तो प्रतिक्रिया…




बलिउड गायिका नेहा कक्करको विवाहको खबरले यतिबेला तहल्का मच्चाइरहेको छ । केहीदिन देखि नेहा पञ्जाबी गायक रोहनप्रित सिंहसँग प्रेममा भएको खबर बाहिरिएको थियो । अहिले उनको विवाह अक्टोबर २४ मा हुदैँ भनेर हल्ला आइरहेको छ ।

यसबिच नेहाका पूर्वप्रेमी हिमांश कोहलीले आफ्नो धारणा व्यक्त गरेका छन् । उनले नेहाको लागि आफू निकै खुसी भएको बताएका छन् । हिमांशले नेहाले आफ्नो पहिलेका कुरा बिर्सिएर अगाडी बढेर राम्रो गरेको पनि बताए ।

कोही नेहाको प्रेमी हुनु उसको लागि भाग्यको कुरा भएको हिमांशको भनाइ छ । यद्यपि हालसम्म यसबारे नेहाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्