रुओन नेपाल र डब्लु फोद्धारा आयोजित तिनमहिने कम्प्युटर तालिम सम्पन्न



काठमाडौं । रुओन नेपाल र डब्लु फो फ्रान्सको संयुक्त आयोजनामा तिन महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । बुधबार(हिजो) काठमाडौं कपनस्थित बालुवाखानीमा रहेको आफ्नै कार्यालय भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष गोमा देवी बास्तोलाले रुवोन नेपालले विगत अठार वर्ष देखि पिछडीएका बालबालिका तथा महिलाहरुको हक हितमा काम गर्दे आएको बताइन् । यो संस्था खोलिनुको उदेश्य नै विपन्न महिला तथा शिक्षाबाट बञ्चित रहेका बालबालिका हक हितको लागि सेवा पु¥याउने रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, हाम्रो संस्थाले अहिलेसम्म धेरै जिल्लाका पिडित महिला र विपन्न वर्गका बालबालीकाहरुलाई सहयोग गर्दे आएको छ, यो कम्प्युटर सम्बन्धि तालिम तिमध्ये एक हो, यो तालिम हामीले पारिवारीका आर्थिक अवस्था कमजोर भई आईटी क्षेत्रबाट बञ्चित रहेका विशेषगरी किशोरीहरुलाई दिँदै आएका छौं ।

प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडाअध्यक्ष नवराज भट्टराई रहेका थिए । विशिष्ट अतिथि बालउद्धार मावि व्यवस्थापन समितिका अध्यक्ष तथा परिवर्तन सञ्चार समूहका सस्थापक अध्यक्ष ध्रुव प्रसाद घिमिरे रहेका थिए । कार्यक्रममा आइटि ट्रेनर सहित तालिम सिकीसकेका र नयाँ विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले टेक्निकल क्षेत्रमा लेडिजहरु अगि बढ्नु पर्ने बताए । लेडिजहरु सक्षम र सिपयुक्त भयो भने जुनसुकै क्षेत्रमा पनि सक्रिय हुन सकिन्छ उनले भने । महिला तथा किशोरिहरुलाई सिपयुक्त तालिम उपलब्ध गराउनु राज्यको दायित्व रहेको बताए ।

उनले भने, महिला दिदीबहिनीहरुलाई यो तालिमा दिएकोमा म एकदमै खुशी छु, दिदीबहिनीहरु सधै घरको काममा मात्र सिमीत रहनु हुन्न, आफू सेल्फ डिपेन्ड हुनुपर्छ । आइटि क्षेत्रको स्कोर धेरै छ,मेहनत गरेर अघि बढे सम्भावनाको ढोका खोलिने उनले बताए ।

त्यस्तै विशिष्ट अतिथि रहेका घिमिरेले रुवोन नेपालले दिएको आइटि सम्बन्धि तालिममा सहभागी भई भरपूर रुपमा सिक्न नयाँ विद्यार्थीहरुलाई अनुरोध गरे । उनले भने, रुवोन नेपालबाट आयोजना भइरहेको कम्प्युटर तालिममा तपाईहरु रेगुलर आएर पूर्ण रुपमा सिक्नुहोला । कम्प्युटर सिक्ने वातावरण रुवोन नेपालले जुटाएको छ, कुनै पनि बहाना नबनाई आएर सिक्न आग्रह गर्दै विशिष्ट अतिथि घिमिरेले कार्यक्रमको समापन गरेका थिए ।

उक्त कार्यक्रममा आइटि ट्रेनिङका विद्यार्थी बहिनीहरुले नाच तथा गित प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई प्रमाणपत्रको साथै टिसर्ट वितरण गरिएको थियो भने, नयाँ विद्यार्थीहरुलाई टिर्सट वितरण गरेर स्वागत पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्