अगंदान गर्नका लागि बलिउड अभिनेता रितेशले छोडे मासु र कफी



केहीसमय अघि बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले अगंदान गर्ने घोषणा गरेका थिए । अमिताभपछि बलिउडका अर्का अभिनेता रितेश देशमुखले पनि अगंदान गर्ने निर्णय गरेका छन् ।

रितेशले अगंदान गर्नको लागि आफूले मासुबाट बन्ने परिकार र कालो कफी खान छाडेको जानकारी दिएका छन् ।

कौन बनेगा करोडपति शोमा पुगेका रितेशले भने–‘म आफ्नो शरीर स्वस्थ राख्न चाहन्छु । किनकी, जब मेरो अंगदान गर्ने समय आउँछ, सो समयमा मानिसहरुले स्वस्थ अंग छोडेर गएछ भनुन् ।’
रितेशले अगंदान गर्ने निर्णयमा आफू अत्यन्तै खुसी भएको बताएकका छन् ।

प्रतिक्रिया दिनुहोस्