अमेरिकन गायक तथा अभिनेता जोनी नाशको निधन



अमेरिकन गायक, लेखक तथा अभिनेता जोनी नाशको निधन भएको छ । ८० वर्षीय जोनीको प्राकृतिक कारणले निधन भएको हो ।

उनको निधनको खबरले हलिउडको मनोरन्जन उद्योगमा सन्नाटा छाएको छ । फ्यान तथा स्टारहरुले उनलाईको निधन प्रति श्रद्धाञ्जली सामाजिक संजालबाट व्यक्त गरिरहेका छन् ।

चर्चित गायको निधनको खबर उनक छोरा जुनियर जोनी नाशले बाहिर ल्याएका हुन् । ‘दुनियाको सबैभन्दा राम्रो पिता र पारिवारिक ब्यक्तित्व र सबैलाई माया गर्ने ब्यक्ति बुबा हुनुहुन्थ्यो’ उनका छोरा जुनियर जोनीले मिडियामा भने ‘मानिस उनलाई हमेसा याद गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्