वरिष्ठ कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि



वरिष्ठ कलाकार हरिवंश आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ । हरिवंश स्वयमले उनीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

हरिवंश आचार्यसँगै उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । तर यी दुईको स्वास्थ्यमा त्यति समस्या देखिएको छैन । सामान्य लक्षण देखिएपछि आचार्य दम्पत्तिले कोरोना परीक्षण गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्