बिहे गर्दै बलिउड अभिनेत्री काजल अग्रवाल



काजल अग्रवाल बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् । साउथ इन्डियन चलचित्रबाट चर्चा कमाएकी काजलले बलिउडमा पनि आफ्नो छुट्टै छवि बनाएकी छिन् । उनै अभिनेत्री काजल अग्रवालले भने छिट्टै नै विवाह गर्ने भएकी छिन् ।

काजल स्वयमले यसबारे जानकारी दिएकी छिन् । लामो समयदेखि काजलको परिवारले उनको लागि राम्रो वर खोजिरहेका थिए । नभन्दै काजलले आफ्नो लागि योग्य वर भेटेकी छिन् ।

काजल व्यवसायी गौतम किचलुसँग प्रेम विवाह गर्न लागेकी हुन् । काजलको विवाह हुने पक्का भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ ।  

प्रतिक्रिया दिनुहोस्