प्रदिप र कृष्टिना बने प्रभु बैंकको ‘ब्राण्ड एम्बास्डर’



चर्चित अभिनेता प्रदिप खड्का र चलचित्र प्रेमगीत ३ बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकी नायिका कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त भएका छन् ।

प्रदिप र कृष्टिनालाई १ बर्षको लागि बैंकको ब्राण्ड एम्बास्डरको रुपमा नियुक्ति गर्दै सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाइएको छ । बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले दुई राम्रा कलाकारसँग सहकार्य गर्न खुसी लागेको बताएका छन् ।

यस्तै प्रदिप र कृष्टिनाले पनि देशको यति ठूलो बैंकको जिम्मेवारी बहन गर्न पाउँदा खुसी लागेको बताए ।   

प्रतिक्रिया दिनुहोस्