पञ्जाबी गायक रोहन प्रितसँग बिहे गर्दै नेहा कक्कर !



नेहा कक्कर बलिउडकी सर्वाधिक चर्चित गायिका हुन् । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । उनै नेहा बेला बेलामा विवाहको खबरको कारण चर्चामा आउने गरेकी छिन् । केही समय अघि आदित्य नारायणसँग उनको विवाह हुन लागेको चर्चा चलेको थियो ।

तर त्यो चर्चा शो को टिआरपी बढाउनको लागि मात्र रहेको प्रमाणित भयो । अहिले फेरि बजारमा उनको पञ्जाबी गायक रोहन प्रितसँग विवाह हुन लागेको चर्चा चलिरहेको छ । वास्तवमा नेहाले केहीसमय अघि एक गीत निकालेकी थिइन् । जहाँ उनले लकडाउनमा डाइमण्ड रिङ दिएर आफूसँग विवाह गर्न माग गरेकी थिइन् । सोहि गीतमा नेहाले रोहनप्रितसँग भिडियो बनाएर हालेपछि यस्तो चर्चा सुरु भएको हो ।

नेहाले भिडियोमा रोहनलाई सबैभन्दा क्युट केटा भनेर मेन्सन गरेकी छिन् । त्यसकारण पनि दर्शकले अहिले नेहाको नाम रोहनप्रित सँग जोडिरहेका छन् । तर नेहा भने यो हल्ला मात्र भएको बताउँछिन् ।  

प्रतिक्रिया दिनुहोस्