‘कोरोना महामारीपछि फिल्म बनाउने तयारीमा छु’ : राजेश हमाल



अभिनेता राजेश हमाल लामो समयदेखि पर्दामा देखिएका छैनन् । उनलाई चलचित्रबाट अफर नआएको भने होइन । तर विविध कारणले गर्दा उनी चलचित्रमा आबद्ध भएका छैनन् ।

अब भने महानायक राजेश हमाल आफैँ चलचित्र बनाउने सुरमा छन् । राजेश स्वयमले आफ्नै निर्देशनमा माहोल सामान्य भएपछि चलचित्र बनाउने जानकारी दिएका छन् । यतिबेला धमाधम चलचित्रको प्रि प्रोडक्सनको काम भैरहेको छ ।

फिल्ममा हमाल स्वयंको अभिनय रहनेछ । यो फिल्मभन्दा अगाडि उनी केही म्यूजिक भिडियोमा काम गर्ने योजनामा छन् । उनले आइतवार ‘जुनमा हेरुँ तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियोको छायांकन सकाएका छन् ।   

प्रतिक्रिया दिनुहोस्