‘ह्याप्पी बर्थ डे’ प्रिज्मा–प्रिन्सी !



प्रिज्मा र प्रिन्सी खतिवडा दुवैजना अहिलेका चल्तीका मोडल हुन् । यी ट्वीन्स दिदीबहिनीलाई दर्शकले टिकटकदेखि नै असाध्यै रुचाउँदै आएका छन् । म्यूजिक भिडियोमा पनि यिनीहरुको कामलाई रुचाइएको छ ।

आज यिनै ट्वीन्स दिदीबहिनीको जन्मदिन रहेको छ । प्रिज्मा र प्रिन्सीको जन्मदिन परेकाले आज सामाजिक सञ्जालमा उनीहरुलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । छोटो समयमा यी दिदीबहिनीले दर्शकको मनमा राज गर्न सफल भएका छन् ।

हाम्रो तर्फबाट पनि प्रिज्मा र प्रिन्सीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।  

प्रतिक्रिया दिनुहोस्