‘मुन्द्रेको कमेडी क्लब’ मा दिपाको ठाउँमा करिश्मा, यस्तो छ दिपा निस्कनुको कारण…



नेपाल टेलिभिजन मार्फत प्रशारणमा आउने मुन्द्रेको कमेडी क्लब दर्शकले सर्वाधिक रुचाएको शो हो । कोरोनाको महामारीको कारण लकडाउन भएपछि मुन्द्रेको कमेडी क्लबको पनि प्रशारण रोकिएको थियो । अहिले सरकारले दिएको नियमहरुलाई पालना गर्दै मुन्द्रेले कमेडी क्लबको दोस्रो सिजन ल्याउने तयारी गरिरहेका छन् ।

सिजन २ को ४ भागको छायांकन सकिसकेको छ । पहिलेको सिजनभन्दा यसपटकको सिजन केही भिन्नै हुने जितु नेपालले जानकारी दिएका छन् । यसका साथै सिजन २ मा दिपाश्री निरौलाको अध्यक्षको स्थान नायिका करिश्मा मानन्धरले लिएकी छिन् ।

लकडाउनमा विवादमा तानिएका कारण कार्यक्रमको प्रायोजक कम्पनीको दबाबमा दिपाको ठाउँमा करिश्मालाई ल्याइएको बताइएको छ । तर यसबारे कुनै जानकारी भने आएको छैन । करिश्मा मानन्धरले सामाजिक सञ्जालमा करिश्माले आफू मुन्द्रेको कमेडी क्लब को सिजन २ को हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरिन् भने दिपाले पनि घुमाउरो शैलीमा शो छोडेको जानकारी दिदैँ मुन्द्रे अर्थात जितु नेपाललाई धन्यवाद दिएकी छिन् ।  

प्रतिक्रिया दिनुहोस्