हात जोड्दै अक्षयले दर्शकसँग गरे बिन्ती : ‘बलिउडमा ड्रग्सको समस्या छ तर सबैलाई यसमा नजोडौँ’



बलिउडमा केही समयदेखि ड्रग्स केसले उग्र रुप लिइरहेको छ । अहिले भारतको गल्ली गल्लीमा यसबारे मात्र चर्चा भैरहेको छ । ड्रग्स केही स्टारहरुले प्रयोग गर्छन् तर यसले बदनाम पुरा बलिउड क्षेत्रकै भैरहेको छ । यत्तिसम्मकी जुन दर्शकले फिल्म क्षेत्रलाई यति उचाइमा पुर्याउन मदत गरेका छन् आज तिनै दर्शकको बलिउड क्षेत्रलाई हेर्ने नजर नै परिवर्तन भैसकेको छ ।

ड्रग्स केस सुशान्तको आत्महत्यापछि सुरु भएको हो । यसमा धेरै बलिउड स्टारहरुको नाम जोडिसकेको छ । केहीलाई एनसिबीले सोधपुछ गरिसकेको छ भने केहीलाई सोधपुछ गर्ने क्रम जारी छ ।

यसबिच बलिउडका चर्चित अभिनेता अक्षय कुमारले पनि आफ्नो भनाई राखेका छन् । अक्षयले सुशान्तको आत्महत्यापछि केहीपनि बोलेका थिएनन् । तर अहिले भने उनले यसबारे आवाज उठाएका छन् ।

उनले बलिउडमा ड्रग्सको समस्या भएको तर यसमा सबै स्टारलाई जोड्न भने नमिल्ने बताएका छन् । उनले चलचित्र मार्फत नै भएपनि सधैँ आफूहरुले देशको संस्कृति जोगाउने काम गरेकाले ड्रग्स केसले पुरा बलिउडलाई नै निकै असर पार्ने बताएका छन् । 

अक्षयले हात जोडेर अपिल गर्दै भने–‘पुरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिनुहोला । यो गलत हुन्छ । मलाई मिडियाको शक्तिमाथि पनि विश्वास छ । मिडियाले आवाज उठाउन छाड्नु हुँदैन, तर संवेदनशीलतालाई छाड्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्