‘केही दर्शकले मुख छोडेर गाली गर्दा मैले ३० बर्षदेखि गरेको संघर्ष सम्झेर धेरै रोएँ’ : दिपाश्री निरौला



हाँस्य कलाकार तथा निर्देशक दिपाश्री निरौला केहीसमय अघि नराम्रोसँग विवादमा तानिइन् । रजतपट कार्यक्रममा गएर राजेश हमाललाई महानायक हो र ? भनेपछि उनलाई दर्शकले नराम्रोसँग गाली गरे । जसका कारण दिपाले २ महिनाजति त तनावमा नै बिताइन् ।

अहिले भने उनी उक्त तनावबाट बाहिर निस्किसकेकी छिन् । दिपाले आफूलाई कहिल्यै दर्शकबाट यतिधेरै गाली नआएकाले निकै नराम्रा महशुस भएको बताइन् । उनले दर्शकका कारण नै कलाकार हुने भएकाले दर्शकको गाली र ताली दुवै कलाकारले सहनु सक्नुपर्ने बताइन् ।

 दिपाले यस घटनापछि आफूले धेरै ठूलो पाठ सिकेको समेत स्वीकारेकी छिन् भने बोल्दा अबदेखि निकै विचार पुर्याएर बोल्ने पनि बताएकी छिन् । तर ३० बर्षदेखि दिपाले यस क्षेत्रमा संघर्ष गर्दै आएकी छिन् ।

यो नाम र सम्मान उनले त्यतिकै पाएकी छैनन् । यसको पछाडी गरेको संघर्ष मात्र दिपालाई थाहा छ । त्यसैकारण पनि केही दर्शकले मुख छाडेर गाली गर्दा उनले साह्रै चित्त भने दुखेको बताइन् ।   

प्रतिक्रिया दिनुहोस्