ड्रग्सबारे छलफल गरिने ग्रुपको एकमिन नै दिपिका, अब दिपिकामाथि थप कडाइका साथ अनुसन्धान गरिने



भोलि शनिबार एनसिबीले नायिका दिपिका पादुकोणसँग सोधपुछ गर्ने भएको छ । दिपिकाको ड्रग्सबारे च्याट भएको पुष्टि भएपछि उनीसँग सोधपुछ गर्न लागिएको हो ।

दिपिका पादुकोण अझै ठूलो समस्यामा पर्ने भएकी छिन् । जुन ग्रुपमा उनले ड्रग्सबारे च्याट गर्ने गर्थिन् त्यस ग्रुपको एडमिन उनी नै भएको पुष्टि भएको छ ।

यसले दिपिकालाई थप समस्यामा पारेको छ । दिपिकाले नै एडमिन भएर ड्रग्ससम्बन्धी च्याट गरेको भएपछि अब ब्युरोले उनलाई थप कडाइका साथ छानबिन गर्ने भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्